काठमाडौं: वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो शनिबार देखाइयो। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ। किम्वदन्तीअनुसार नागराजकी पत्नीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रले निको पारेपछि नागराजले ती कृषकलाई उपहारस्वरुप भोटो दिएका थिए। खेतमा काम गर्ने क्रममा भोटो हराएपछि व्यापक खोजी भएको तर कतै नपाएपछि जावलाखेलमा भएको रातो मच्छिन्द्रनाथको रथजात्रामा एक राक्षसले लगाएको भेटियो। कृषकले आफ्नो भोटो भनेर माग्दा विवाद भएको तर दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि सप्रमाण ‘जसले भोटो मेरो हो भन्छ उसैलाई दिने’ भन्ने शर्तमा उक्त हीरामोती जडित बहुमुल्य भोटो मच्छिन्द्रनाथको पासमा शिलबन्दी गरी राखिन्छ।


शिलबन्दी तोडेर सबै सामू प्रदर्शन गरेपछि पुनः गुठी संस्थान ललितपुरका प्रमुखले रोहबरमा एक वर्षका लागि शिलबन्दी गरेर राख्छन्। विवाद तत्कालीन राजासामु पुर्याएपछि एक हजार चार सय वर्ष अघिदेखि यसरी नै वर्षेनी राष्ट्रप्रमुख र जनता (राजा र प्रजा) लाई देखाइँदै आइएको छ। कृषकले आफ्नो भोटो भनेर माग्दा विवाद भएको तर दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि सप्रमाण ‘जसले भोटो मेरो हो भन्छ उसैलाई दिने’ भन्ने शर्तमा उक्त हीरामोती जडित बहुमुल्य भोटो मच्छिन्द्रनाथको पासमा शिलबन्दी गरी राखिन्छ। शिलबन्दी तोडेर सबै सामू प्रदर्शन गरेपछि पुनः गुठी संस्थान ललितपुरका प्रमुखले रोहबरमा एक वर्षका लागि शिलबन्दी गरेर राख्छन्। विवाद तत्कालीन राजासामु पुर्याएपछि एक हजार चार सय वर्ष अघिदेखि यसरी नै वर्षेनी राष्ट्रप्रमुख र जनता (राजा र प्रजा) लाई देखाइँदै आइएको छ।