जापानकी राजकुमारी युरिकोले ९९ वर्ष पुरा गरिन्

Japan-Princess-Yurika

नयाँ दिल्ली: जापानकी राजकुमारी युरिकोले शनिबार आफ्नो जीवनको ९९ वसन्त पूरा गरिन्। यद्यपि, कोरोनाको कारण उत्पन्न स्थितिको मध्यनजर कुनै उत्सव मनाइनेछैन। जापानको निप्पोन टीवीले शनिवार बताएको छ, सम्राट नारूहितोका पिता सम्राट एमेरिटस अकिहितोकी काकी राजकुमारी युरिको जापानको शाही परिवारको सबैभन्दा बुजुर्ग सदस्य हुन्। इम्पीयिरल हाउसहोल्ड एजेन्सीअनुसार राजकुमारी टोक्योको मिनाटो वार्डमा बस्छिन् र प्रतिदिन व्यायाम गर्छिन्। उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या छैन। मार्च २०२१ मा प्यारोक्सिस्मल एट्रियल फाइब्रिलेशनको उपचारको निम्ति केही समयको निम्ति अस्पतालमा भर्ती गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement