दुई स्कूलका टपरलाई सिलगढ़ी नगर निगमका मेयर गौतम देवद्वारा सम्मानित

सिलगढी। माध्यमिक परीक्षामा दुई स्कूलका टपरलाई सिलगढ़ी नगर निगमका मेयर गौतम देवले
सम्मानित गरे। मेयरले सबैभन्दा पहिला सिलगढ़ी बोइज हाई स्कूल पुगेर स्कूलमा टप रहेका राहुल करलाई सम्मानित गरे। सिलगढ़ी नगर निगमको ३७ नम्बर वार्ड निवासी राहुलले माध्यमिकमा ६८१ अंक प्राप्त गरेर स्कूलमा टप स्थान प्राप्त गरेका छन्।

यसरी नै सिलगढ़ी गर्ल्स हाई स्कूलकी छात्रा मौसमी सूत्रधर स्कूलमा टप स्थानमा रहेकी छन्। नगर निगमको ३० नम्बर वार्ड निवासी सूत्रधरले ६७२ अंक प्राप्त गरेर स्कूलमा टप स्थान प्राप्त गरेकी हुन्। आज दुवैलाई नगर निगमका मेयर गौतम देवले पुष्पगुच्छ प्रदान गरेर सम्मानित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement