मैदानमा आक्रमकता देखाउने उरुग्वेका चारजना खेलाड़ीलाई शास्ती दियो फीफाले

२८ जनवरीः फीफाले गत महिना कतरमा सम्पन्न वर्ल्ड कपको अवधि आक्रामक भएर म्याच अधिकारीसँग झगड़ा गर्ने उरुग्वेका चारजना खेलाड़ीमाथि प्रतिबन्ध लगायो। फर्नाण्डो मुसलेरा र जोसे मारियामाथि ४-४ वटा म्याचको प्रतिबन्ध लगाइएको छ। यसरी नै अनुभवी एडिनसन कवानी र डिएगो गोडिनमाथि १-१ वटा म्याचको प्रतिबन्ध लगाइएको छ। फूटबलको शीर्ष सञ्चालन संस्था फीफाले अनुशासनात्मक कार्वाहीपछि उरुग्वेको टीमले अन्तर्राष्ट्रिय म्याच खेल्दा यो प्रतिबन्ध लागू रहने जानकारी दियो। खेलाड़ीहरूले फूटबलसँग सम्बन्धित परियोजनाहरूमा सामुदायिक सेवा पनि प्रदान गर्नु पर्ने बताउँदै फीफाले २०,००० स्विस् फ्र्यांक (२१,६०० डलर)-को जरिमाना पनि तिर्नु पर्ने जानकारी दियो। यसको साथमा फीफाले उरुग्वेको फूटबल महासंघमाथि पनि ५४,००० डलरको जरिमाना लगायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement