विनेश र बजरंगसहित शीर्ष पहलवानहरूले जगरेब ओपनमा हिस्सा नलिने

२८ जनवरीः शीर्ष पहलवान विनेश फोगाट र बजरंग पूनिया सहित आठजना पहलवानले आउँदो जगरेब ओपनबाट हट्ने फसेला गरेका छन्। यी शीर्ष पहलवानहरूले बताएअनुसार, उनीहरू प्रतियोगिताको निम्ति तयार छैनन् जबकि अञ्जुले चाहिँ चोटले गर्दा यस्तो फसेला गरेकी छन्। दिग्गज महिला बक्सर एमसी मेरिकोमको अध्यक्षतामा रहेको नवनियुक्त निरीक्षण समितिले क्रोएशियाको राजधानीमा एक फरवरीदेखि शुरु हुने यस ऱ्याङकिंग सीरीजको निम्ति बुधवार ३६ सदस्यीय भारतीय टीमको चयन गरेको थियो। यस समितिलाई भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-को दैनिक कार्यको देखरेख गर्ने जिम्मेवारी सुम्पिइएको छ। दिल्लीको जन्तर-मन्तरमा तीन दिनसम्म चलेको धरनाको अवधि पहलवानहरूले डब्ल्यूएफआई-लाई भंग नगरेसम्म अनि यसका प्रमुखहरूलाई बर्खास्त नगरिएसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगितामा हिस्सा नलिने बताएका थिए।
यसपाली उनीहरूले टीम घोषणा गरिएको लगत्तै पछि प्रतियोगितामा हिस्सा नलिने स्पष्ट गरे। टोक्यो ओलम्पिकमा रजत पदक जित्ने रवि दहिया, विश्व च्याम्पियनशीप पदक विजेता दीपक पूनिया, प्रतिभाशाली अंशु मलिक, बजरंगकी पत्नी संगीता फोगाट, सरिता मोर र जितेन्द्र किन्हाको साथमा विनेश र बजरंगले पनि टुर्नामेण्टमा हिस्सा नलिने भएका छन्। प्रतियोगितामा हिस्सा लिनको निम्ति आफूलाई शत प्रतिशत तयार अनुभव नगरिरहेको हुनाले नै पहलवानहरूले यस्तो फसेला लिएको भारतीय खेल प्राधिकरण (साई)-को सूत्रबाट थाहालागेको छ। यो भारतीय पहलवानहरूका निम्ति २०२३ सत्रको पहिलो टुर्नामेण्ट हो। धरनामा बसेका हुनाले पहलवानहरूले अभ्यास गर्ने समय गुमाएका थिए। यसैकारण उनीहरू अहिले शारीरिक र मानसिक रूपले तयार छैनन् भनी साई सूत्रले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement