बिमारीहरूले भेटे अध्यक्ष बिमल गुरुङलाई

photocollage_202264234641881.jpg

गान्तोक: हालै सम्पन्न भएको नि: शुल्क स्वास्थ्य जाँच शिविरबाट धेरैजना बिमारीहरूलाई उपचारको निम्ति सिक्किमको सीआरएच मणिपाल अस्पतालमा रेफर गरिएको थियो। गोर्खा जनमुक्ति मोर्चाको पहल तथा कञ्चनजङ्घा ट्रस्ट अनि प्रोजेक्ट रिचिङ आउटको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। तीमध्ये आँखाको अपरेशन गरेर निको भएका बिमारीहरूले आज गान्तोकस्थित एसटीएनएम अस्पतालमा पुगेर हाल स्वस्थ्य लाभ गरिरहेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट गर्नको साथै तिनको स्वास्थ्यबारे जानकारी लिए। यसको साथै तिनीहरूले बिमल गुरुङको शिघ्र स्वास्थ्य लाभको निम्ति कामना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement