२८ जनवरीः विभिन्न समाजिक कार्यको साथमा खेलकुदको क्षेत्रमा पनि लगातार कार्य गर्दै आएको राजफाप्री वरियर्स क्लबद्वारा बाघडुग्रामा जेपीएफसी-द्वारा सञ्चालित फूटबल प्रशिक्षण शिविरमा खेल सामग्री प्रदान गरियो। शर्मिला खातीद्वारा सञ्चालित अनि प्रशिक्षक सरजीत सिंहको मार्गदर्शनमा जारी शिविरमा युवा खेलाड़ीहरूले प्रशिक्षण हासिल गरिरहेका छन्। यस प्रशिक्षण शिविरमा सहयोगको हात बढ़ाउँदै राजफाप्री वरियर्स क्लबको पक्षमा निरज लामा, समीर प्रधान र करण राईले युवा खेलाड़ीहरूलाई आठवटा फूटबलको साथमा अन्य खेल सामग्रीहरू प्रदान गरे।

उल्लेखनीय छ, जेपीएफसी-ले गत १२ सालदेखि बाघडुग्रा, वरिपरिका चिया बगान र गाउँ-बस्तीका नानीहरूलाई लिएर निशुल्क फूटबल प्रशिक्षण शिविरको आयोजन गर्दै आएको छ।









