सिक्किम प्रीमियर लीगः संशोधित कार्यक्रम जारी, ३० जनवरीदेखि शुरु अनि फाइनल २ अप्रेलमा

२८ जनवरीः फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-को प्रयासमा आयोजन हुन गइरहेको सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल)-को संशोधित कार्यक्रम जारी गरियो। जम्मा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिने एसपीएल-को उद्घाटन म्याच ३० जनवरीमा खेलिनेछ। गान्तोकको पाल्जोर स्टेडियममा हुने उद्घाटन म्याचमा आक्रमण एफसी र सिक्किम ड्रेगन्स एफसी-बीच भिड़न्त हुनेछ। एसपीएल-को दुईवटा सेमिफाइनल क्रमशः २५ र २६ मार्चमा खेलिनेछ। यसरी नै फाइनल २ अप्रेलमा हुनेछ। सिक्किम प्रीमियर लीगको पहिलो संस्करणमा जम्मा ३१ वटा म्याच खेलिनेछ। एसपीएल-को पहिलो संस्करणमा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिनेछन्। यसमा रेड पाण्डा एफसी, ड्रेगन्स एफसी, सिंगलिंग एफसी, सिनाल्चु एफसी, रोअरिंग लियोपर्ड एफसी, आक्रमण एफसी, थण्डरबोल्ट नर्थ युनाइटेड एफसी र ब्रदर्स युनाइटेड एफसी सामेल छ। लीगमा हिस्सा लिने प्रत्येक क्लबले सिक्किम राज्य बाहिरका चारजना अनि विदेशका ३ जना खेलाड़ीलाई अनुबन्धित गर्न सक्नेछ। यसमा प्रथम एकादशमा २ जना विदेशी अनि २ जना सिक्किम राज्य बाहिरका खेलाड़ीलाई सामेल गर्न सकिनेछ। म्याचहरू गान्तोकको पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ भूटिया स्टेडियममा खेलिनेछ। एफडीपीएल-को बोर्ड अव् डिरेक्टर्समा निर्मल छेत्री, सञ्जु प्रधान, विकास जैरु, रबिन गुरुङ र निम छिरिंग लेप्चा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement