नाम्ची। आज विश्व पर्यावरण दिवस दक्षिण सिक्किमअन्तर्गत सिंगीथाङ निम्न माध्यामिक स्कूलमा पालन गरियाे। कार्यक्रममा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथि अनि विशिष्ट अतिथिकाे रूपमा काैशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राईकाे उपस्थित थिए। यस अवसरमा स्कूल परिसरमा बिरुवा लगाइयो।
कार्यक्रममा अतिथिहरूले स्कूल परिवारले काम नलाग्ने वस्तुबाट निर्माण गरेका सामग्रीहरूकाे अवलाेकन गरे। यस क्रममा मुख्य अतिथिकाे बाहुलीबाट फाेटाेकपि म्यासिनकाे शुरूवात गरियाे।
कार्यक्रममा सम्बाेधन गर्दै मुख्य अतिथि गणेश राईले स्कूल परिवारले गरेका नवाेन्मेषी कार्यहरूकाे प्रशंसा गरे। विभिन्न सुझाउहरू राख्दै स्कूलले राखेका मागहरू सरकारसमक्ष उनले पुऱ्याउने वचन दिए।
स्कूलका प्रधान अध्यापिका याेमिमा भाेटियाले काम नलाग्ने वस्तुहरूबाट सामग्रीहरू निर्माण गर्नुकाे उद्देश्य विद्यार्थीहरूमा नवाेन्मेषी विचारकाे सृजना गर्न र उद्यमशीलताकाे महत्त्व बुझाउन रहेकाे बताइन्।
कार्यक्रममा काैशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, शिक्षा विभागका उपनिर्देशक मम्ता सुब्बाले पनि सम्बाेधन गरेका थिए। कार्यक्रममा साँस्कृतिक गीत-नृत्य आदि पनि प्रस्तुत गरिएको थियाे।