बालकवि विभूशिखा ढुङ्गेलको ‘विजिटिङ थट्स’ कविता सङ्ग्रह सार्वजनिकीकरण

IMG-20230127-WA0327.jpg

गान्तोक गत केही दिनअघि तिमी-तार्कूस्थित मञ्जुश्री विद्यालयमा आठौँ श्रेणीमा अध्ययनरत सुश्री विभूशिखा ढुङ्गेलद्वारा रचित ‘विजिटिङ थट्स’ नामक कविता सङ्ग्रहको विधिवत रूपमा पूर्व सिक्किमस्थित लुइङ गार्डनमा सार्वजनिकीकरण गरियो।
कविता सङ्ग्रहको सार्वजनिकीकरणको अवसरमा विशेष गरेर चर्चित व्यक्तित्व पर्शुराम शर्मा, डा. गोपाल थापा, स्थापित साहित्यकार अर्जुन पीयूष, युवा पत्रकार पारिजात शर्मा, शिक्षिका रचना विष्टलगायत बालकवि विभूशिखाका शिक्षक-शिक्षिकागण एवं समाजका गन्यमान्यजनको विशेष उपस्थिति रहेको थियो।
छोटो मीठो कार्यक्रममा उपस्थित मान्यजनहरूलाई सम्बोधन गर्ने क्रममा विशिष्ट व्यक्तित्वगणले कविको समाजमा बन्दै गएको छविप्रति आफूहरू आशावान बनेको अवस्थाको वर्णन गर्दै आगामी दिनहरूमा कवि ढुङ्गेलको अग्रगामी छलाङका निम्ति शुभकामना व्यक्त गरे।

संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै कवि सुश्री ढुङ्गेलले आफूले सानो प्रयास गरेको अनि यस प्रयासका निम्ति आफ्ना माता-पिता श्रीमान भीम ढुङ्गेल एवं श्रीमती चम्पा शर्माप्रति आभारी रहेको बताइन्। यसका साथै पुस्तकका विभिन्न पक्षहरूको सुन्दरीकरणका निम्ति यस पुस्तकसँग संलग्न सम्पूर्ण मान्यजनप्रति आफू धेरै आभारी रहेको बताउँदै भविष्यमा पनि यस्तै माया र साथ पाइरहे अर्को पुस्तकको पनि आफूले तयारी गर्ने कवि विभूशिखा ढुङ्गेलले बताइन्। सम्पूर्ण कार्यक्रमको सञ्चालन सुसेन सेटआप पाण्डेले गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *