विश्व पर्यावरण दिवसको अवसरमा राज्यवासीहरूलाई मुख्यमन्त्रको हार्दिक शुभकामना

Man.jpg

गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व पर्यावरण दिवसको अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले यस वर्षको विश्व पर्यावरण दिवस समारोह विशेष रहेको बताएका छन्, किनभने यस दिवसको थिम ‘केवल एउटा पृथ्वी’ रहेको छ।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, हाम्रो हिमाली राज्य सिक्किमले पर्यावरण सुरक्षा र संरक्षणप्रति इमानदार समर्पणका साथ उपलब्धीहरू हासिल गरेको छ। उनले राज्यको भौगोलिक क्षेत्रफलको ४७ प्रतिशतभन्दा बढी क्षेत्रफल वन आवरण रहेको बताएका छन्, जुन देशमा सर्वाधिक वनावरण अनुपात हो। उनले यसलाई एउटा अविश्वसनीय उपलब्धी बताएका छन् जहॉं अधिकांश समय जमिन हिउॅंले ढाकेको हुन्छ र वृक्षारोपण गर्न सकिॅंदैन।

मुख्यमन्त्री तामाङले राज्यमा वन सुरक्षा र संरक्षण गतिविधिहरू तथा सम्बन्धित वन कानून र नियमहरूको कार्यान्वयनका कारण २ वर्ग किलोमिटरमा जलाशयहरू बढेको बताएका छन्। उनले रेकर्ड गरिएको वन क्षेत्र बाहिर ३ वर्गफुटले रूखको आवरण विस्तार गर्न सक्षम बनेको पनि जानकारी गराएका छन्। उनले यसको श्रेय धरती माताको निम्ति एक दिन, वन महोत्सव र राज्य अनि केन्द्रिय योजनाहरूलाई दिएका छन्।

यस अवसरमा मुख्यमन्त्रीले ग्रामवासी, पञ्चायतगण, जेएफएमसी, ईडीसी, पोखरी संरक्षण समिति तथा सम्पूर्ण फिल्डस्तरका अधिकारीहरूलाई पनि धन्यवाद दिएका छन्। उनले हिमाल रक्षकलाई पनि धन्यवाद दिएका छन्, जो उच्च उचाई क्षेत्रको सुरक्षामा सदैव तैनात रहन्छन्। उनले पर्यावरण स्थिरता सूचकांकमा सिक्किम उच्च श्रेणीका राज्यहरू मध्ये एउटा राज्य हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement