गान्तोक। सिक्किम पुलिसले ड्रग्समुक्त सिक्किम बनाउने उद्देश्य लिएर अभियान शुरू गरेको छ।केही दिनदेखि यता सदर पुलिसले निरन्तर ड्रग्सको धन्दामा लिप्त आरोपीहरूलाई पक्राउ गर्दै आइरहेकोछ। यसै क्रममा हिजो बेलुकी चानमारी निवासी श्याम कुमार राईलाई भारी मात्रमा ड्रग्ससहित पक्राउ गर्न सदर पुलिस सक्षम बनेको छ। आरोपी राईलाई ड्रग्स बिक्री गर्न लागेको समयमा पुलिसले पक्राउ गरेको हो। सदर पुलिसले जानकारी गराए अनुसार आरोपी राई एसके-०१-टीए-०१५० वाहन चलाएर गइरहेको समयमा चानमारीमा शंकाको आधारमा उनलाई पक्राउ गरिएको हो।सदर थानाका एसआई अभिनाष लामिछानेको नेतृत्वमा गएको पुलिसबलले जाँचकोक्रममा वाहनको डेसबोर्डबाट भारीमात्रमा ड्रग्स फेला पारेको छ।