गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज फुटबल डेभलपमेन्ट प्रा. लि. का निदेशक मण्डल र सिक्किम प्रीमियर लीगका प्रमोटरहरूसँग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे। मुख्यमन्त्रीले सिक्किम प्रीमियर लीगको प्रवर्द्धनका लागि राज्यका प्रसिद्ध फुटबल खेलाडीहरूले गरिरहेका कार्यहरूको प्रशंसा गरे। उक्त लीगलाई राज्य सरकार र सिक्किम उर्जा लिमिटेडले पनि समर्थन गरिरहेको छ।

मुख्यमन्त्रीले शुभकामना व्यक्त गर्दै यो पहल राज्यका आकांक्षी खेलाडीहरूको निम्ति एउटा महत्वपूर्ण मंच बन्ने आशा व्यक्त गरे। उनले यो राम्रो पहलमा साथ दिन सबैलाई आग्रह गरेका छन्।










