स्टेट व्याङ्क अफ् इन्डियाले सप्ताहव्यापी आजादीका अमृत महोत्सव पालन गर्ने

IMG_20220604_230951.jpg

गान्तोक। स्टेट व्याङ्क अफ् इन्डियाले आजादीका अमृत महोत्सव भव्यरूपमा पालन गर्ने योजना बनाएको छ। यस महोत्सव एक सप्ताहसम्म पालन गरिने भएकोले आइकोनिक विक नामाकरण गरिएको छ। स्टेट व्याङ् अफ् इन्डियाका लिड डिस्ट्रिक्ट मेनेजर गोपाल लामाले जानकारी गराए अनुसार यो कार्यक्रम आगामी ६ जुनदेखि १२ जूनसम्म राज्यको विभिन्न जिल्लामा पालन गरिने भएको छ। उनको भनाइ अनुसार ६ जुनको दिन सोरेङ जिल्लामा राज्यस्तरीय कार्यक्रमको आयोजना गरिने भएको छ भने सो कार्यक्रममा उत्कृष्ट अधिकारीहरूलाई सम्मान जनाइने छ। यसरी साना व्याङ्कहरूलाई पनि उनीहरूको योगदानलाई कदर गर्दै सम्मान जनाउने योजना रहेको बताए। यसरी उक्त कार्यक्रम क्षेत्रस्तरमा पनि सोही दिन पालन गरिने भएको छ। सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै व्याङ्क अधिकारी, ग्राहकहरूलाई उपस्थित भइदिने लामाले आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement