प्रधानमन्त्रीका अनमोल वचनहरूलाई आत्मसात गर्न आह्वान

गान्तोकः प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चित संवादात्मक कार्यक्रम परीक्षा पे चर्चा’ को छैटौं अंक शुक्रवार ताल कटोरा स्टेडियम, नयाँ दिल्लीमा आयोजन गरियो। यसै क्रममा सिक्किमका राज्यपाल गंगा प्रसादले पनि आज राजभवनमा सिक्किमका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षा विभागका अधिकारीहरू र शिक्षकहरूसँग उक्त कार्यक्रम हेरे। यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सम्पूर्ण भारतमा दूरदर्शन र अन्य च्यानलहरूमा गरिएको थियो। परीक्षा पे चर्चा’ प्रधानमन्त्रीको संवादात्मक कार्यक्रम हो जसको मूल्य उद्देश्य नानीहरूमा परीक्षाको समय आत्मविश्वास जगाउनु तथा हाँस्दै खेल्दै तनाउरहित उत्सवको रूपमा परीक्षाको उत्कृष्ट तयारी गर्ने गुरुमंत्र प्रदान गर्नु सामेल छ। राज्यपाल प्रसादले प्रधानमन्त्रीका अनमोल वचनहरूलाई सबैको निम्ति प्रेरणाको स्रोत बताउँदै ती वचनहरूलाई। आत्मसात गर्न आह्वान गरे। यस अवसरमा उनले शिक्षा विभागका अधिकारीहरू र विद्यार्थीहरूलाई वैदिक ज्ञानको पुस्तक भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement