सहकारिता विभागकी आयुक्त एवं सचिव यशोदा भण्डारीसँग राज्यपालको शिष्टाचार भेट

गान्तोकः राज्यपाल गंगा प्रसादले आज सहकारिता विभागकी आयुक्त एवं सचिव यशोदा भण्डारीसँग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि सचिव भण्डारीले राज्यपाललाई प्रधानमन्त्री वन धन योजना अन्तर्गत पेनलङ वन धन विकास केन्द्र, गान्तोक जिल्लाद्वारा उत्पादित विभिन्न जैविक उत्पादहरू उपहार स्वरूप प्रदान गरिन्। अन्तरराष्ट्रिय बाजरा वर्ष २०२३ लाई केन्द्रित गर्दै प्रमुख रूपमा यसमा बाजरा, मगवर्ट, सुन्तला आदिले निर्मित साबुन र हर्बल चिया आदि सामेल छन्। प्रधानमन्त्री वन धन योजना १४ अप्रेल, २०१८ मा प्रधानमन्त्रीले शुरू गरेका थिए, जसको मुख्य उद्देश्य लघु वन उत्पादको मूल्यवर्धनको माध्यमद्वारा जनजातीय आय बढ़ाउनु हो। प्रधानमन्त्री वन धन योजनाले वन सम्पदाको उपयोग गरेर आदिवासीहरूको निम्ति आजीविका सृजनको लक्ष्य लिएको छ। यस क्रममा आधुनिक तकनीक र आईटीसँग मिलेर आदिवासीहरूको पारम्परिक ज्ञान र कौशललाई अझ बढाउने पहल गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement