बक्साफोर्टमा प्रवेश गर्न नपाएकोले बक्सा घुम्न आउने पर्यटकहरु खिन्न


कालचिनीः ऐतिहासिक बक्साफोर्टको नाम नसुन्ने प्रायः विरलै होला। अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत तथा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका एकमात्र पहाड़ी पर्यटकीय स्थल बक्साद्वारको ऐतिहासिक बक्साफोर्ट हेर्नलाई नै पर्यटकहरू पैसा खर्चेर बक्साद्वार आउने गरेको तर विगत ३ बर्षदेखि बक्साफोर्टको प्रथम चरणको पुनर्स्थापना कार्य आरम्भ भएर पनि सक्दापनि पर्यटकहरूको निमित्त नखोलिएकोले पर्यटकहरू खिन्न बनेका छन्। विगत २०२० सालको २० मार्चदेखि बर्साफोर्टको पुनर्स्थापना तथा जीर्णोद्धार कार्य थालिएको थियो भने विगत २०२२ सालको ५ मईसम्म आईपुग्दा काम पुरा भएर पनि यसको उद्घाटन मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट रिमोट माध्यममा विगत ८ जुन २०२२ को दिन भईसकेको तर पनि हालसम्म बक्साफोर्ट अर्थात ऐतिहासिक बक्साकिल्ला/दुर्ग भित्र पर्वेश गर्न पर्यटकहरूलाई नदिएकोले पर्यटकहरु खिन्न बनेर फर्किन परेको टूरिस्ट गाइडहरूले बताएका छन्।
एकजना टूरिस्ट गाइड शनी तामाङले बताए अनुसार पर्यटकहरू प्रायः ऐतिहासिक बक्साफोर्ट हेर्न उत्साह बोकेर आउने गरेको तर बक्साफोर्टको प्रवेशद्वारमा ताल्चा झुण्ड्याएकोले पर्यटकहरूको गाली आफूहरूले सुन्न परिरहेको छ। टूरिस्ट गाइडहरूले बक्साफोर्ट पस्न दिनलाई पीडब्ल्यूडी विभागदेखि बन विभाग र बक्साफोर्ट पुनर्स्थापना कार्य गर्ने विभागीय प्रमुखसित निवेदन गर्दा पीडब्ल्यूडी विभागले बन विभागलाई देखाएको र बन विभागले आर्कियोलोजिकल विभागलाई देखाउँदै आईरहेको तर यसले गर्दा अब पर्यटकहरु बक्साद्वार छोड़ेर अन्यत्र घुम्न जान थालेको र यसले टूरिस्ट गाइडहरु साथै पर्यटन व्यवसायमा निर्भर रहेको बक्साद्वार बासिन्दाहरूलाई नकरात्मक असर परेको गाइडहरूले जनाएका छन्। प्रथम चरणको पुनर्स्थापना कार्य सकेको र यसको उद्घाटन मुख्यमन्त्रीले २०२२ मा गरिसकेको तर पनि पर्यटकहरूको निमित्त फोर्ट नखोलिएकोले बक्साको पर्यटनमाथि नराम्रो प्रभाव परेको र यस्तै चलिरहे बक्साद्वारमा पर्यटकहरूको आगमन बन्द हुने बक्साद्वार बासिन्दाहरूले जनाएका छन् र यसो भए बक्साद्वारको बासिन्दाहरूको आयश्रोत बन्द हुने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement