कालचिनीः बिहीबार गणतन्त्र दिवसको उपलक्ष्यमा विविध ठाउँहरूमा विविध कार्यक्रम सम्पन्न भएको क्रममा पुरानो हाँसीमारा स्थित एंग्लो स्कूल मैदानमा गैर सरकारी संगठन हाँसीमारा सोसियल वेलफेयर फाउण्डेशनको आयोजनामा गणतन्त्र दिवसको झण्डा उत्तोलन गर्दै प्रायः १५० जना स्कूले नानीहरूलाई समेटेर बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न भएको थियो। सो कार्यक्रममा संगठनका सभापति जगन्नाथ उपाध्याय सचिव प्रसन्नजीत बरुवा, कोषाध्याक्ष किरण गुरुङ, कार्यकारिणी सदस्य मंगल तामाङ लगायत स्कूलका शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय झण्डाको उत्तोलन पश्चात विद्यार्थीहरूलाई मिठाई र चकलेट वितरण गरिएको थियो भने स्कूले केटाकेटीहरूले नाटक प्रदर्शन पनि गरेको थियो विद्यार्थीहरुलाई चित्राङ्कन विद्यामा तिखार्ने उद्देश्य लिएर बस अनि चित्र बनाउ प्रतियोगिताको आयोजना गरीएको थियो भने यस प्रतियोगितामा जल संरक्षण, राष्ट्रिय झण्डा र प्राक्रतिक दृश्यमाथि प्रतियोगीहरुले चित्र बनाएको थियो। प्रतियोगितामा प्राकृतिक दृश्यमा प्रथम पुरस्कार अनिकेत विश्वकर्मा, दोस्रो पुरस्कार सुभम नाग र तेस्रो पुरस्कार कृतिका साहले प्राप्त गर्न सक्षम भएको थियो। यसरी नै राष्ट्रिय झण्डाको चित्राङ्कनमा प्रथम पुरस्कार मिस्टी दास, दोस्रो पुरस्कार अफ्रीन खातुन र तेस्रो पुरस्कार आरुषी साहले प्राप्त गरेका थिए। विशेषगरी स्कूले नानीहरूलाई देशभक्ति साथै सृजनात्मक कार्यप्रति आकर्षण गराउन यो प्रतियोगिता राखिएको संगठनको सचिव प्रसन्नजीत बरुवाले जनाएका छन्।










