केन्द्रिय मन्त्री जोन बारला र विधायक मनोज तिग्गाले विद्याथीहरूसँग बसेर मध्याह्न भोजन

जलपाइगढ़ीः परीक्षा पे चर्चा’ कार्यक्रम अवधि केन्द्रिय मन्त्री जोन बारला र विधायक मनोज तिग्गाले विद्याथीहरूसँग बसेर मध्याह्न भोजन गरे। शुक्रवार मेटेली राष्ट्रभाषा उच्च विद्यालयका ९औं र ११औं कक्षाका विद्यार्थीहरूसँग केन्द्रिय मन्त्री जोन बारला र विधायक मनोज तिग्गा उपस्थित थिए। यस दिन विद्यार्थीहरूले भर्चुअल रूपमा परीक्षा पे चर्चा’ कार्यक्रममा भाग लिए। यस अवधि केन्द्रिय मन्त्री बारला र विधायक तिग्गाले विद्यार्थीहरूसँग मध्याह्न भोजन गरे।

कार्यक्रमको समापनपछि मन्त्री बारलाले भने, प्रधानमन्त्रीले वार्षिक परीक्षाभन्दा पहिला विद्यार्थीहरूको मानसिक विकास, तनाउमुक्त परीक्षाको तयारी र अभिभावकहरूले के गर्नुपर्ने हो, यी विषयहरूमाथि चर्चा गरेका छन्। प्रधानमन्त्रीको उक्त पहल विद्यार्थीहरूमा पढाईप्रति उत्साह बढाउनको निम्ति हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement