राज्य प्रशंसा पुरस्कार प्राप्त शिक्षकहरू केरलाका विभिन्न विद्यालयहरूको शैक्षिक भ्रमणमा

गान्तोकः राज्य प्रशंसा पुरस्कार प्राप्त शिक्षकहरू केरलाका विभिन्न विद्यालयहरूको शैक्षिक भ्रमणमा प्रस्थान भएका छन्। ३२ सदस्यीय शिक्षकहरूको टोलीलाई आज शिक्षा विभागकी सचिव सुमिता प्रधानले राजधानीको एसएनटी परिसरबाट झण्डा हल्लाएर प्रस्थान गराइन्। शिक्षकहरूको भ्रमण कार्यक्रमका परिकल्पक मुख्यमन्त्री प्रेमसिंह तामाङ रहेको बताइएको छ। शैक्षिक भ्रमणको उद्देश्य शिक्षकहरूलाई अन्य राज्यहरूका विभिन्न विद्यालय गतिविधिहरूको बारेमा सिक्ने अनुभव प्रदान गर्नु र शिक्षालाई सुदृढ बनाउन यहाँ लागू गर्नु रहेको छ। भ्रमणको अर्को उद्देश्य राज्यको साक्षरता दर बढाउनु पनि रहेको बताइएको छ।

सचिव सुमिता प्रधानले भ्रमणको निम्ति शिक्षकहरूलाई शुभकामना दिइन् र शिक्षकहरूले नयाँ विचारहरू सिकेर राज्यमा लागू गर्नेछन् भन्ने आशा व्यक्त गरिन्। उनले शिक्षकहरूलाई कोभिड-१९ बाट सुरक्षाको निम्ति आवश्यक उपायहरू अपनाउन आह्वान गरिन्। यस अवसरमा शिक्षा विभागका विशेष सचिव ग्लोरिया नाम्चु, एसपीडी समग्र शिक्षा मिलन सुब्बा, निदेशक सोनाम लेप्चा तथा विभागका अन्य अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement