जेट्शेन डोना लामालाई पाकिमवासीद्वारा भव्य स्वागत

पाकिमः सारेगमप लिटल च्याम्स- सीजन ९ की विजेता जेट्शेन डोना लामालाई पाकिमवासीहरूले भव्य स्वागत जनाएका छन्। रष्ट्रिय स्तरको सिङगिङ्ग रियालिटी शो जितेर सिक्किमको नाम रोशन गरेकी जेट्शेनलाई पाकिमवासीहरूले खुशी अनि गर्वका साथ स्वागत जनाए। जेट्शेनको साथमा उनको माता यूनिस हमाल लामा र पिता रोशन लामा पनि थिए। पिता लामाले छोरीको बाल्यकालदेखि सारेगमप लिटल च्याम्ससम्म यात्राको सम्झाना गरे। उनले जेटशेनको कडा परिश्रमको पनि सराहना गर्दै त्यसैको फलस्वरूप उनी राज्यको नाम उज्जवल बनाउन सफल बनेको बताए। उनले यस यात्रामा सहयोग प्रदान गर्ने प्रत्येक व्यक्ति, संघ संस्था, राज्य सरकार तथा अन्यहरूप्रति कृतज्ञता व्यक्त गरे। स्वागत समारोहमा विधायक डीटी लेप्चा, पाकिमका जिल्लापाल, एडीसी, एसडीएम, एएसपी, जिल्ला अध्यक्ष तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement