दार्जीलिङ: अजय एडवार्डसले आफ्नो सेवा कार्यलाई चुनावसँग जोडने काम नगरेको हाम्रो पार्टीका केन्द्रीय कमिटीका सदस्य एंव खरसाङ चीफ कोअर्डिनेटर सुमन बम्जन बताएका छन्l उनले भने, ‘अजय एडवार्डस एक समाज सेवी व्यक्ति हुन्l समाज सेवाको निम्ति राजनैतिक मंच सबै भन्दा उतम मंच भएको हुनाले उनी राजनीतिमा ओर्लिएका हुन्l अजय एडवार्डस राजनीति मैदानमा ओर्लिएको भए तापनि आफ्नो समाजिक कार्यलाई चुनावसँग जोड्ने काम कहिले गरेको छैनl’ अजय एडवार्डसलाई उनले सेवा कार्य गर्ने योद्धा बताउँदै आफू सिपाही भएको उनले बताएका छन्l एडवार्डसले देखाएको मार्गमा हिड्दै जाने उनको भनाइ छl उनले भने, ‘जीटीए चुनाव भएर बोर्ड गठन भएको सात महिना धेरै भइसकेको छ। चुनावमा हार जीत हुन्छ अनि हामीले जनादेशलाई स्वीकार गरेका छौंl तर पहाडको एक लाख भन्दा धेर मतदाताहरूले हाम्रो पार्टी एंव पार्टी अध्यक्ष अजय एडवार्डसको पक्षमा आफ्नो मत दिएका छन्l’ खरसाङ महकुमा क्षेत्रमा हाम्रो पार्टीको संगठन दह्रिलो रहेको साथै अझ दह्रिलो बनाउने दिशामा काम गर्ने उनले बताएका छन्l









