नयाँ दिल्ली: परीक्षा पे चर्चाको (पीपीसी) छैटौं संस्करणमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको तालकटोरा रङ्गभवनमा विद्यार्थी, शिक्षक अनि अभिभावकहरूसँग संवाद गरे। संवाद कार्यक्रमअघि उनले विद्यार्थीहरूद्वारा राखिएका प्रदर्शनीको पनि अवलोकन गरे। प्रधानमन्त्रीद्वारा परिकल्पना गरिएको ‘परीक्षा पे चर्चा’मा विद्यार्थी, अभिभावक अनि शिक्षकहरूले जीवन अनि परीक्षासित सम्बन्धित विभिन्न विषयमा अन्तरक्रिया अनि संवाद गर्दछन्। यस वर्षको पीपीसीका लागि १५५ देशबाट करिब ३८.८० लाख पञ्जिकरण प्राप्त भएको थियो।
उपस्थित भेलालाई सम्बोधित गर्दै प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहको अवरमा पहिलोपटक ‘परीक्षा पे चर्चा’ आयोजन भएको र अन्य राज्यबाट दिल्ली आउनेहरूले पनि गणतन्त्र दिवसको झलक पाएको बताए। स्वयं प्रधानमन्त्रीका लागि ‘परीक्षा पे चर्चा’को महत्त्वमाथि प्रकाश पार्दै उनले कार्यक्रमका लागि पेश गरिने लाखौं प्रश्नहरूले भारतका युवा पिँढीको मनमा चलिरहेका कुराको जानकारी पाउने उनले बताए। ‘यी प्रश्नहरू मेरा लागि खजाना हुन्’, प्रधानमन्त्रीले भने। यी सबै प्रश्नको सङ्कलन गर्न चाहेको बताउँदै त्यसलाई आगामी वर्षहरूमा समाज विज्ञानीहरूले विश्लेषण गरी त्यस्ता गतिशाल समयमा युवा विद्यार्थीहरूका मनमा खेलिरहेका कुराहरूको विस्तृत प्रबन्ध तयार गर्नसकिने उनले बताए।
निराशा सामना गर्ने सम्बन्धमा
मदुरई, तमिलनाडुको केन्द्रीय विद्यालयकी सुश्री अश्विनी, पितमपुरा, दिल्लीको केन्द्रीय विद्यालयका नवतेज अनि पटनाको नवीन बालिका स्कूलकी प्रियङ्का कुमारीको कम अङ्कको सम्बन्धमा परिवारको निराशा सम्बन्धी प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले परिवारको अपेक्षामा त्यस्तो कुनै गल्ती नरहेको बताए। तथापि, यदि यस्ता अपेक्षाहरू सामाजिक स्थितिसित सम्बन्धित अपेक्षाका कारण भए, त्यो चिन्ताको विषय हुने बताए। यसका साथै बढ्दो प्रदर्शनी मानक अनि प्रत्येक सफलताका साथमा बढ्दो अपेक्षाबारे पनि उल्लेख प्रधानमन्त्रीले गरे। वरिपरीका अपेक्षाहरूमा फस्नु उचित नरहेको उल्लेख गर्दै आफूले स्वयंलाई हेरेर आफ्नो क्षमता, आवश्यकता उद्देश्य अनि प्राथमिकतासँग अपेक्षालाई जोड्नुपर्ने बताए। क्रिकेट खेलको उदाहरण दिँदै, जहाँ दर्शकहरूले चौका र छक्काको निम्ति जोश्याउने गर्दछन्, तर दर्शकहरूले जति नै चौका वा छक्का कराए तापनि ब्याटिङ गर्न जाने खेलाडी अविचलित रहने गरेको प्रधानमन्त्रीले बताए। ब्याट्सम्यानको खेल मैदानमा ध्यान र विद्यार्थीहरूको मनबीच कडी जोड्दै यदि ध्यान केन्द्रित राखिए, अपेक्षाको दबाउलाई समाप्त गर्नसकिने प्रधानमन्त्रीले बताए। अभिभावकहरूले अपेक्षाको भार थोप्न नहुने उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो क्षमताअनुसार आँक्न आह्वान गरे। तथापि, विद्यार्थीहरूले दबाउको विश्लेषण गर्दै आफ्नो क्षमता अनुसार न्याय गरिरहेको बुझ्न पनि आवश्यक रहेको उनले बताए। यस्तो स्थितिमा अपेक्षाहरूले राम्रो प्रदर्शनीका लागि प्रोत्साहित गर्नसक्ने पनि उनले बताए।
परीक्षाको निम्ति तयारी र समयको प्रबन्धन
परीक्षाको निम्ति तयारी कहाँबाट शुरु गर्नुपर्ने हो तथा तनाउपूर्ण स्थितिका कारण बिर्सिने सम्बन्धमा केन्द्रीय विद्यालय, दालहाउजीको केन्द्रीय विद्यालयको एघाह्रौं श्रेणीकी आरूषी ठाकुर तथा कृष्ण पब्लिक स्कूल, रायपुरकी अदिती दिवानको परीक्षाको बेला समयको प्रबन्धनबारे प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले परीक्षा भए वा नभए पनि सामान्य जीवनमा समयको प्रबन्धनको महत्त्वमाथि बल दिए। काम कहिल्यै थाक्दैन र वास्तवमा काम गर्नाले व्यक्तिलाई थकाउँदछ। विभिन्न कामका लागि दिइएको समय सीमा लेखेर राख्न उनले विद्यार्थीहरूलाई अपील गरे। आफूलाई मनपर्ने कुरामाथि बढी समय खर्च गर्ने सामान्य प्रवृत्ति हुन्छ, उनले भने। कुनै विषयका लागि समय छुट्याउँदा, मन ताजा भएको बेला सबैभन्दा अरुचिकर वा कठिन विषय लिनुपर्ने उनले बताए। एकहोरो हुनुको साटो, विद्यार्थीहरूले जटिल परिस्थितिलाई शान्त मनस्थितिद्वारा सम्बोधित गर्नुपर्दछ। घरमा आमाले सबै कुरा समयबद्ध तरिकाले गर्ने समय-तालिकामाथि ध्यान पुऱ्याएको छ के भन्ने प्रश्न प्रधानमन्त्रीले विद्यार्थीहरूलाई सोधे। आमाहरूले सबै काम नथाकी पूरा गर्नका अतिरिक्त बचेको समयमा केही रचनात्मक कामसम्म भ्याउने गरेको उनले बताए। आमाहरूका कामलाई ध्यानपूर्वक हेरेर पनि विद्यार्थीहरूले समयको सूक्ष्म प्रबन्धनको महत्त्व बुझ्न सक्ने उल्लेख गर्दै प्रत्येक विषयका लागि कुनै विशेष समय समर्पित गर्नसकिने बताए। “आफ्नो समय बढी फाइदाका लागि बाँडफाँड गर्नुपर्दछ”, प्रधानमन्त्रीले भने।
परीक्षामा अनुचित तरिका तथा चोरबाटो अप्नाउने चलन
बस्तरको स्वामी आत्मनन्द सरकारी स्कूलको नवौं श्रेणीका रूपेश कश्यपले परीक्षामा अनुचित तरिका अप्नाउनबाट जोगिने विषयमा प्रश्न राखे। ओडिशाको कोनार्क-पूरीका तनमय विश्वले परीक्षामा चोरीको अन्य गर्ने विषयमा प्रश्न राखे। प्रधानमन्त्रीले परीक्षाको समय गलत तरिका अप्नाउने विषयमा प्रश्न उठाइएको खुशी व्यक्त गर्दै परीक्षाको समय चोरेर परीक्षा पर्यवेक्षकलाई भ्रमित पारी गर्वबोध गर्ने विद्यार्थीहरूको नकारात्मक सोचको उल्लेख गरे। यो अति नै घातक प्रवृत्ति हो भन्दै समग्रमा समाजले नै यसमाथि विचार गर्नुपर्ने प्रधानमन्त्रीले बताए। यसका साथै ट्युशन क्लास चलाउने केही स्कूल वा शिक्षकले आफ्ना विद्यार्थीलाई उत्कृष्ट ठहऱ्याउन अनुचित तरिका अप्नाउने गरेको पनि उल्लेख उनले गरे। विद्यार्थीहरूले परीक्षामा चोर्ने सामग्री तयार पार्न समय खेर फाल्नुको साटो पढ्नमा बढी जोड दिन आवश्यक रहेको उनले बताए। यसका साथै बद्लिँदो समयमा, जीवन नै वरिपरी परिवर्तन भइरहेको बेला, प्रत्येक कदममा परीक्षा दिनुपर्ने स्थिति रहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिले केही परीक्षा उत्तीर्ण गरे तापनि जीवनमा भने पूर्णरूपले विफल बन्ने बताए। “चोरेर जीवन सफल बन्नसक्दैन। एक-दुईवटा परीक्षा उत्तीर्ण गरे तापनि त्यो जीवनभरी नै प्रश्नको घेरोमा रहनेछ”, उनले भने। यसका साथै मेहनती विद्यार्थीहरूले चोर्नेहरूको अस्थायी सफलताबाट निराश हुनु नहुने ढाडस दिँदै प्रधानमन्त्रीले भने, मेहनतले जीवनमा सधैं फाइदा दिनेछ। “परीक्षा आउँ अनि जान्छ, तर जीवन पूर्णरूपले जिउनुपर्दछ”, उनले भने। रेलवेको प्लेटफर्ममा पुल चढेर जानुको साटो रेलको पटरी नाघेर जाने मानिसहरूको उदाहरण दिँदै प्रधानमन्त्रीले भने, चोरबाटोले कहीं पनि पुऱ्याउँदैन, तर चोरबाटोले तपाईंको जीवन नै छोट्याउनेछ।
कडा मेहनत गर्नेको तुलनामा चतुरताका साथ काम गर्ने सम्बन्धमा
केरलको कोजिकोडका विद्यार्थीले आवश्यकता अनि कडा मेहनतको तुलनामा चतुरताका साथ काम गर्नुको अन्तरबारे प्रश्न सोधे। चतुरतापूर्वक काम गर्नुको उदाहरण दिँदै प्रधानमन्त्रीले तिर्खाएको कागको कथा सुनाए, जसले तिर्खा मेटाउन हाँडीको पानीसम्म पुग्न ढुङ्गा थप्दै लगेका थिए। कामलाई बुझ्नका साथै नजिकबाट विश्लेषण गर्न आवश्यक रहेको कुरामाथि बल दिँदै उनले कथाको सार कडा मेहनत पनि चतुरतापूर्वक गर्न आवश्यक रहेको बताए। “सबै काम सबैभन्दा पहिले राम्ररी जाँचबुझ गर्नुपर्दछ”, उनले भने। एकजना मेकानिकले दुई मिनटमा दुई सय रुपियाँका लागि जीप ठीक गर्ने उदहरण दिँदै, बिताएखो समयभन्दा पनि धेरै कामको अनुभवले अर्थ बोक्ने उनले बताए। सबै कुरा कडा मेनहतद्वारा प्राप्त गर्नसकिँदैन। यसै गरी खेलकूदमा विशेष प्रशिक्षण महत्त्वपूर्ण हुन्छ। हामीले के गर्नुपर्ने हो भन्ने कुरामाथि ध्यान केन्द्रित गर्नुपर्दछ। कसैले पनि मेहनत महत्त्वपूर्ण ठहरिएका क्षेत्रमा चतुरतापूर्वक गर्नुपर्दछ।
आफ्नो क्षमतालाई स्वीकार गर्ने सम्बन्धमा
गुरुग्रामको जवाहर नवोदय विद्यालयको दसौं श्रेणीकी विद्यार्थी जोविता पात्रले औसत विद्यार्थीका रूपमा परीक्षा कसरी राम्ररी गर्ने भन्ने प्रश्न सोधिन्। आफ्नो यथार्थवादी मूल्याङ्कन गरेकोमा प्रधानमन्त्रीले सराहना गरे। एकपटक यसको अनुभव भएपछि, उपयुक्त लक्ष्य अनि कौशल विद्यार्थी स्वयंले तय गर्नुपर्ने उनले बताए। आफ्नो क्षमता थाहा हुनसके व्यक्तिलाई सक्षम बनाउने उनले बताए। अभिभावकहरूले पनि आफ्ना सन्ततिको सही मूल्याङ्कन गर्नुपर्ने उनले बताए। अधिकांश मानिस औसत अनि सामान्य हुन्छन्, तर यी सामान्य मानिसले असाधारण काम गरे नयाँ उँचाई हासिल गर्दछन्, उनले भने। वैश्विक अर्थनीतिमा भारतलाई नयाँ आशाको किरणको रूपमा हेर्न थालिएको पनि प्रधानमन्त्रीले बताए। एक समय भारतीय अर्थशास्त्री तथा प्रधामन्त्रीलाई पनि कुशल अर्थशास्त्रीका रूपमा नहेरिने भए तापनि आज विश्वको तुलनात्मक अर्थनीतिमा भारतलाई उदीयमान रूपमा हेर्न थालिएको उनले बताए। हामी औसत रहेको भन्ने दबावमा कहिले पनि रहनुभएन, र यदि हामी औसत नै भए तापनि केही असाधारण आफूभित्र हुनसक्छ, जसलाई चिनेर पोषण गर्न आवश्यक हुन्छ, उनले भने।
आलोचना सामना गर्ने सम्बन्धमा
चण्डीगढको सन्त जोसेफ उच्चतर स्कूलकी मन्नत बाजवा, अहमदाबादको बाह्रौं श्रेणीकी कुमकुम प्रतापभाई सोलङ्की र बङलोरको वाइटफिल्ड ग्लोबल स्कूलको बाह्रौं श्रेणीका आकाश दरिराले प्रधानमन्त्रीलाई नकारात्मक सोच अनि विचार राख्ने व्यक्तिहरूको सामना गर्ने र त्यसले उनलाई कसरी प्रभावित पार्दछ भन्ने प्रश्न सोधे। यसै गरी दक्षिण सिक्किमको डीएभी पब्लिक स्कूलको एघाह्रौं श्रेणीका अष्टमी सेनले मिडियाको आलोचनात्मक विचारलाई सम्बोधित गर्ने विषयमा प्रश्न सोधिन्। प्रधानमन्त्रीले आलोचना सधैं शुद्धिकरण यज्ञ हुने सिद्धान्तमा विश्वास राख्ने उल्लेख गर्दै यही नै लोकतन्त्रको समृद्धिको मूल शर्त रहेको बताए। प्रतिक्रियाको आवश्यकतामाथि बल दिँदै प्रधानमन्त्रीले एकजना प्रोग्रामर, जसले सुधारका लागि आफ्नो कोड खुल्ला स्रोतमा राख्ने गर्थे तथा उत्पादमा कमी खोज्न ग्राहकहरूलाई आग्रह गर्दै आफ्नो उत्पाद बजारमा बिक्रीमा राख्ने कम्पनीको उदाहरण दिए। यसका साथै आफ्नो कामको कसले आलोचना गरिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण नरहेको उनले बताए। हिजोआजका अभिभावकहरूमा रचनात्मक आलोचनाको साटो आफ्ना सन्ततिलाई रोकटोक गर्ने बानी रहेको उल्लेख गर्दै यो बानी त्याग्न अपील गरे कारण यसले सन्ततिको जीवनलाई नै सीमित अनि बाधित बनाउने बताए। प्रधानमन्त्रीले संसदमा विपक्षका सदस्यहरूले अवरोध गरे तापनि आफ्नो विषयबाट नभट्किने सदस्यको पनि उदाहरण पेश गरे।
प्रधानमन्त्रीले आलोचक बन्नका लागि श्रम अनि अनुसन्धानको महत्त्वबारे प्रकाश पार्दै तर दिनमा चोरबाटो अप्नाउनेहरू नै प्रकाशमा रहने र प्रायः मानिसहरूले आलोचना गर्नुको साटो आरोप लगाउने गरेको बताए। आरोप र आलोचनाबीच धेरै अन्तर छ, भन्दै प्रधानमन्त्रीले आलोचनालाई आरोपसँग झुक्किनु नहुने बताए।
गेमिङ अनि अनलाइन लतका सम्बन्धमा
भोपालका दिपेश अहिरवार, दसौं श्रेणीका अदिताभले इण्डिया टिभीमार्फत् तथा कामाक्षीले रिपब्लिक टिभी मार्फत्, मनन मित्तलले जी टिभीमार्फत् अनलाइन गेम अनि सामाजिक सञ्जालको लतको परिणामस्वरूप विकर्षणमाथि प्रश्न सोधे। प्रधानमन्त्रीले सर्वप्रथम निर्णय ग्याजेटमा स्वयं चतुर छन् वा ग्याजेट चतुर छन् भन्ने निर्णय लिन आवश्यक रहेको बताए। आफूभन्दा ग्याजेट चतुर रहेको ठाने समस्या शुरु हुने उनले बताए। आफ्नो चतुरलाले नै ग्याजेटलाई चतुरतापूर्वक उपयोग गरी रचनात्मकतामा सहयोग गर्ने उपकरणको रूपमा उपयोग गर्नुपर्ने उनले बताए। एउटा अध्ययनअनुसार, भारतीयका लागि औसत स्क्रीनमा बिताउने समय ६ घण्टासम्म रहेकोमा उजागर भएकोमा उनले चिन्ता व्यक्त गरे। यस्तो स्थितिमा ग्याजेटले हामीलाई कमारा बनाउँदछ, उनले भने। ईश्वरले हामीलाई उनमुक्त इच्छा अनि स्वतन्त्र व्यक्तित्त्व दिएका छन् र हामी ग्याजेटको कमारा नबन्ने विषयमा सधैं सचेत रहनुपर्दछ, उनले भने। धेरै सक्रिय रहेल तापनि आफू कहिले पनि फोनका साथमा कमै मात्र देखिने गरेको उनले आफ्नो उदाहरण दिए। यस्ता गतिविधिका लागि निश्चित समय राख्ने गरेको उनले बताए। प्रविधिबाट टाढा रहनु होइन, तर आवश्यकताअनुसार स्वयंलाई सीमित राख्नुपर्दछ, उनले भने। विद्यार्थीहरूमा गुणाकार बाच्ने क्षमता हराउँदै गएको पनि उनले उदाहरण दिए। हाम्रो बुनियादी उपहार नगुमाई आफ्नो क्षमतामा सुधार ल्याउन आवश्यक छ, प्रधानमन्त्रीले भने। हामीले आफ्नो रचनात्मकता जोगाएर राख्न कृत्रिम बुद्धिमताको यस युगमा पनि जाँच अनि अध्ययन कायम राख्नुपर्दछ, उनले भने। प्रधानमन्त्रीले नियमित अन्तरालमा “प्रविधि व्रत” राख्ने पनि सुझाउ दिए। यसका साथै प्रत्येक घरमा “प्रविधिमुक्त क्षेत्र” कायम गर्नुपर्ने पनि सुझाव दिए। यसले जीवनको खुशी बढाउनका साथै ग्याजेटको गुलामीबाट मुक्त राख्ने प्रधानमन्त्रीले बताए।
परीक्षापछि तनावको सम्बन्धमा
जम्मूको सरकारी मोडल वरिष्ठ उच्चतर स्कूलको दसौं श्रेणीकी निडाको कडा मेहनतपछि पनि अपेक्षित परिणाम नआउँदा हुने तनाव, हरियाणा, पलवालको शहीद नायक राजेन्द्रसिंह राजकीय स्कूलका प्रशान्तको तनावले कसरी परिणामलाई प्रभावित पार्दछ भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले परीक्षापछि तनाव हुनुको मुख्य कारण परीक्षा राम्रो भयो भन्ने सत्य स्वीकार नगर्नु रहेको बताए। विद्यार्थीहरूबीच प्रतिस्पर्धा पनि तनाव बढाउने कारक रहेको उल्लेख गर्दै विद्यार्थीहरूले आफ्नो भित्री क्षमतालाई बलियो बनाउँदै आफ्नो परिवेशमा बाँच्न र आफैबाट सिक्न सुझाव दिए। जीवनको बाहिरी पाटामाथि प्रकाश पार्दै प्रधानमन्त्रीले परीक्षा जीवनको अन्त्य नरहेको र परिणामबारे बढी सोच्ने प्रक्रिया दैनन्दिन जीवनको काम बन्न नहुने बताए।
नयाँ भाषाहरू सिक्नुको फाइदाका सम्बन्धमा
तेलङ्गाना, रङ्गारेड्डी जवाहर नवोदय विद्यालयको नवौं श्रेणीकी आर अक्षराश्री, भोपालको राजकीय माध्यमिक विद्यालयको बाह्रौं श्रेणीकी रितिकाको कसरी एकभन्दा धेरै भाषा सिक्ने र यसबाट कसरी फाइदा पाउन सकिन्छ भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले भारतको सांस्कृतिक विविधता अनि समृद्ध धरोहरबारे प्रकाश पार्नका साथै भारत सयकडौं भाषा अनि हजारौं भाषिकाको देश रहेको बताए। नयाँ भाषा सिक्नु नयाँ वाद्य यन्त्र सिक्नु जस्तै रहेको उनले बताए। नयाँ क्षेत्रीय भाषा सिक्ने कोशिश गर्नुको अर्थ अभिव्यक्तिका रूपमा भाषा सिक्नु मात्र नभएर त्यस क्षेत्रसित सम्बन्धित इतिहास अनि धरोहरको द्वार खोल्नु जस्तै रहेको बताउँदै प्रधानमन्त्रीले दैनिक दिनचर्यामाथि भार नपारी नयाँ भाषा सिक्नमाथि बल दिए। दुई हजार वर्षअघि निर्माण गरिएका भारतका स्मारक धरोहरहरूमाथि नागरिकहरूले गर्व गर्ने गरेको उल्लेख गर्दै, प्रधानमन्त्रीले यस्तै गर्व नागरिकहरूले तमिल भाषामाथि गर्नुपर्ने, जुन पृथ्वीको सबैभन्दा पुराना भाषा रहेको बताए। संयुक्त राष्ट्र सङ्गठनमा आफ्नो सम्बोधन स्मरण गर्दै तमिल भाषाबारे तथ्य उनले प्रकाशमा ल्याएको र विश्वलाई नै भारत सबैभन्दा पुराना भाषाको गौरवपूर्ण देश रहेको अवगत गराएको बताए।
प्रधानमन्त्रीले दक्षिण भारतीय परिकारहरू उत्तर भारतीयहरूले अति नै रुचाउने गरेको पनि प्रकाश पारे। आफ्नो मातृभाषाका अतिरिक्त कम्तिको पनि एउटा क्षेत्रीय भाषा जान्न आवश्यक रहेको कुरामाथि बल दिँदै यसले उक्त भाषा जान्नेहरूसँग त्यसै भाषामा बोल्दा उनीहरूका अनुहार उज्यालो हुने बताए। प्रधानमन्त्रीले गुजरातमा प्रवासी श्रमिकका आठ छोरीको उल्लेख गरे, जसले बङ्गाली, मलयालम, मराठी अनि गुजराती भाषा जान्दछन्। गत वर्ष स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट गरेको सम्बोधनको स्मरण गर्दै प्रधानमन्त्रीले धरोहरमाथि पाँच प्रणको रूपमा गर्व गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक भारतीयले भारतका भाषाहरूमाथि गर्व गर्नुपर्ने बताए।
विद्यार्थीहरूलाई प्रोत्साहित गर्न शिक्षकको भूमिका सम्बन्धमा
कटक, ओडिशाकी शिक्षिका सुननन्य त्रिपाठीले विद्यार्थीहरूलाई प्रेरित गर्नका साथै कक्षालाई रुचिकर अनि अनुशासित राख्ने सम्बन्धमा प्रधानमन्त्रीलाई प्रश्न सोधिन्। प्रधानमन्त्रीले शिक्षक लचिलो हुनुपर्ने तथा विषय अनि पाठ्यक्रमप्रति कठोर हुन नहुने बताए। शिक्षकले विद्यार्थीहरूसँग उचित तालमेल कायम गर्नुपर्ने पनि उनले बताए। शिक्षकहरूले सधैं नै विद्यार्थीहरूमा जिज्ञासा जगाउनुपर्दछ, कारण यो नै उनीहरूको ठूलो शक्ति हो। आज पनि विद्यार्थीहरूले शिक्षकहरूलाई धेरै सम्मान गर्दछन्, उनले भने। यसै कारण, शिक्षकहरूले केही भन्नका लागि समय निकाल्नुपर्दछ, प्रधानमन्त्रीले भने। अनुशासन स्थापित गर्ने सम्बन्धमा प्रधानमन्त्रीले भने, कमजोर विद्यार्थीहरूलाई होच्याउनुको साटो, शिक्षकहरूले ज्ञानी विद्यार्थीलाई प्रश्न सोधी पुरस्कृत गर्नुपर्ने प्रधानमन्त्रीले बताए। यसै गरी, विद्यार्थीहरूसँग उनीहरूका अहम्-लाई ठेस पुऱ्याउनुको साटो अनुशासनको विषयमा संवाद स्थापित गरी उनीहरूका व्यवहारलाई सही दिशामा निर्देशित गर्नसक्ने उनले बताए। “अनुशासन स्थापित गर्न हामीले कठोर सजाय दिने तरिका अप्नाउनु हुँदैन भन्ने कुरामा म विश्वास राख्दछु, हामीले संवाद अनि सद्भाव रोज्नुपर्दछ।”
विद्यार्थीहरूका व्यवहारका सम्बन्धमा
नयाँ दिल्लीकी अभिभावक श्रीमती सुमन मिश्नको समाजमा विद्यार्थीहरूको व्यवहार सम्बन्धी प्रश्नको उत्तर दिँदै, प्रधानमन्त्रीले भने, अभिभावकहरूले समाजमा विद्यार्थीको व्यवहारलाई सीमित राख्नु भएन। समाजमा विद्यार्थीको विकासका लागि सर्वव्यापी पहल होस्। प्रधानमन्त्रीले विद्यार्थीलाई साँघुरो परिधिमा सिमित राख्न नहुने सुझाव दिँदै विद्यार्थीहरूका लागि परिधि फराकिलो बनाउन प्रोत्साहित गरे। विद्यार्थीहरूलाई परीक्षापछि कतै यात्रा गरी अनुभवहरू लेख्न प्रोत्साहित गर्नुपर्ने आफ्नो सुझाव उनले स्मरण गरे। उनीहरूलाई स्वतन्त्र छोड्नुले धेरै सिक्न सहयोग गर्ने उनले बताए। बाह्रौं श्रेणीको परीक्षापछि उनीहरूलाई राज्य बाहिर घुम्न जान प्रोत्साहित गर्नुपर्दछ। नयाँ अनुभवका लागि आफ्नो सन्तानलाई कर लगाउन उनले अभिभावकहरूलाई अपील गरे। माहोल र स्थितिबारे पनि सतर्क रहन उनले अभिभावकहरूलाई सजग गराए। अभिभावकले स्वयंलाई ईश्वरका उपहार अर्थात् सन्ततिका रक्षक मान्ने गर्दा यस्तो हुने उनले बताए।
आफ्नो सम्बोधन समापन गर्दै प्रधानमन्त्रीले यस अवसरमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै अभिभावक, शिक्षक अनि आमाबाबुलाई परीक्षाका समय सिर्जना हुने तनाउपूर्ण परिवेशलाई सक्दो धेरै हल्का बनाउन अपील गरे। यसको परिणामस्वरूप, परीक्षा विद्यार्थीको जीवनमा जोश भर्ने उत्सवमा परिणत हुने र यसै जोशले विद्यार्थीको उत्कृष्टता सुनिश्चित गर्ने उनले बताए। -पीआईबी









