सिलगढी: शुक्रबारदेखि सिलगढीको कञ्चनजङ्घा मेला मैदानमा फुल मेला सुरु भएको छ। सिलगढीका मेयर गौतम देवले रंगारंग सांस्कृतिक कार्यक्रमका बीच मेलाको उद्घाटन गरे। सिलगढी बागवानी समाजले सिलगढी शहर र राज्यमा सबैभन्दा ठूलो फूल मेलाहरू आयोजना गर्दछ। कञ्चनजङ्घा खेलकुद मैदानमा आजदेखि सुरु भएको मेला १ सम्म ६ दिनसम्म चल्ने छ। विभिन्न प्रकारका रुख र फूलले सजिएको यस मेलामा ८९ वटा स्टल राखिएको छ। सिलगढी फूल मेला वा प्रदर्शनीको मुख्य आकर्षण रंगीन गुलाबहरू हुन्।









