भाजपा युवा मोर्चाले सरस्वती पूजा मण्डपमा तोडफोडको विरोधमा विरोध र्‍याली

सिलगढी: सिलगढीको आदर्श नगर क्षेत्रमा बदमाशहरूले सरस्वती पूजा मण्डपमा तोडफोड गरेका छन्। भारतीय जनता युवा मोर्चाले घटनाको विरोध र निन्दा गर्दै सिलगढीमा विरोध र्‍याली निकाल्यो। शुक्रबार दिउँसो सिलगढीको हास्मी चोकबाट विरोध र्‍याली सुरु भएको थियो। जुलुस शहरको मुख्य सडक परिक्रमा गरी हाश्मीचोकमा समापन भएको थियो। र्यालीको नेतृत्व सिलगढी संगठनात्मक जिल्ला बीजेपी अध्यक्ष तथा विधायक आनन्दमय बर्मनले गरेका थिए। उनले घटनाको घोर भत्र्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement