गोरुबथान: गणतन्त्र दिवसको एकाबिहानै बाइकमा चियाको फ्लास र कम्बल बोकेर सन्जयराज विश्व निस्किए असहायहरुलाई सहयोग गर्न।बाटा छेउछाउमा घरबारविहीन मानिसहरु चिसोमा गुटमुटिरहेको देखेपछि बाइक रोकेर तातो चिया दिँदै कम्बल वितरण गर्दा ति असहायहरुको मुहारमा मीठो मुस्कान देखियो। सामसिङ जनकल्याण समाजको संस्थापक अध्यक्ष सन्जयराज विश्व यसरी सहयोग गरेर आफुलाई समाज सेवामा समर्पित गरेका छन्। सधै समाजको निम्ति केही गरौको भावना बोक्ने सन्जयराज विश्व कहिले आँखा जाँच शिविर सम्पन्न गराइ रहेका हुन्छन् त कहिले रक्त दान शिविर त कहिले के के गर्ने गर्छन्। यसपल्टको ७४ौ गणतन्त्र दिवसको अवसरमा उनले सामसिङदेखि बानरहाटसम्म बिहानै ३.३० बजेदेखि ८.३०सम्म चिया र तातो कम्बल वितरण गर्न निस्किए।करिब १९ जनालाई कम्बल र तातो चिया पिलाएर सेवा पुर्याए।









