अवैध रम-रक्सी सहित २ जना पक्राउ

22-51-31-Capture-4.jpg

सिलगढी। धेरै मात्रामा अवैध रम-रक्सी सहित २ जना युवकलाई पक्राउ गरेका छन्। उक्त रम-रक्सी बिहारमा रम-रक्सी तस्करी गर्न अगावै पक्राउ गरेको थियो। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेकाहरू बिहार निवासी क्रमैले मन्टुन कुमार (२६) र टुनटुन पासवान (३०) सामेल छन्। प्राप्त जानकारीअनुसार पक्राउ परेका दुईजना युवकले धेरै मात्रामा रम-रक्सी लिएर सिलगढीबाट बिहार लैजाने तरखरमा थिए। तर यसभन्दा अगावै गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले हिजो जङ्क्सन इलाकामा अभियान चलाएर अवैध रम-रक्सीसहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement