नक्सलबारी: एकजना चियाश्रमिक नक्सलबारीको अटल चियाकमान संलग्न इलाकामा ट्र्याक्टरको धक्का लागेर घाइते भएका छन्। घाइते श्रमिक कोले लाकडाको रूपमा चिन्हित गरिएको छ। आज बिहान कोले लाकडा साइकलमा सवार भएर गइरहेको समय एउटा ट्र्याक्टरले पछिल्तिरबाट धक्का दिँदा तिनी घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर अस्पतालमा लगियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर ट्र्याक्टर चालकलाई हिरासतमा लिएको छ। उक्त घटनापछि इलाकामा उत्तेजनाको माहौल देखापरेपछि पुलिसको हस्तक्षेपमा परिस्थिति नियन्त्रणमा ल्याइयो।









