सिपाहीधुरामा लेट्स गो फाउन्डेसनद्वारा एस्पाइरिङ भिलेज घोषणा गर्ने कार्यक्रम सम्पन्न

खरसाङ: सिपाहीधुराको गैर सरकारी संस्था लेट्स गो फाउन्डेसनले वर्तमान समयमा बढ्दै गएको फोहोरमैलाको समस्यालाई व्यवस्थित गरेर फोहोरमुक्त समाज निर्माण गर्ने दिशामा विशेष अभियानलाई निरन्तरता दिँदै आइरहेको छl २६ जनवरी गणतन्त्र दिवसको अवसरमा फाउन्डेसनले स्वच्छ भारत अभियानअन्तर्गत सिपाहीधुरा चियाबगानमा गाउँलाई ओडीएफ, एस्पाइरिङ भिलेज घोषणा गर्ने कार्यक्रम आयोजना गर्योl यस अभियानमा विशेष खरसाङ खण्ड विकास अधिकारी , सन्त मेरिज-१ ग्राम पंचायतका कर्मचारीहरू, गाउँवासीहरू साथै लेट्स गो फाउण्डेशनका सदस्यहरूको सहभागिता रहेको थियो। लेट्स गो फाउन्डेसनले विशेष गरी जतासुकै अव्यवस्थित रुपमा फालिने प्लास्टिकलाई पुन: प्रयोगमा ल्याउने बारेमा जनजागरण अभियान संचालन गर्दै आइरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement