सुन दोकानबाट बहुमूल्य गरगहना चोरी

सिलगढी: सिलगढीको एउटा सुन दोकानबाट सुनको बहुमूल्य गर-गहना चोरी भएको घटना प्रकाशमा आएको छ।यो घटना गत अबरे राति सिलगढीको हिलकार्ट रोडस्थित अनिल विश्वास भवन संलग्न इलाकामा घटेको हो। रातिको अँध्यारोको फाइदा उठाएर केही दुष्कृतिहरूले ग्यास कटरको सहयोगमा ग्रिल काटेर दोकानभित्र प्रवेश गरेपछि दोकानको लकर भत्काएर सुनको बहुमूल्य गर-गहना लगायत सीसीटीभीको डीभीआर लिएर चम्पट कसेको बताइएको छ। आज बिहान कर्मचारीहरूले दोकान खोल्दा चोरी भएको थाहा पाए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर दोकानको छेउछाउको सीसीटीभी फुटेजको माध्यामद्वारा घटनाको जाँच शुरू गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement