सिलगढी: स्कुटी चोरी गर्ने गुटका तीनजना सदस्यलाई सिलगढी थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेकाहरूमा अनिश गुप्ता (१८), केतन गुप्ता (१९) र देबज्योति घोष (१८) सामेल छन्। प्राप्त जानकारी अनुसार सिलगढी थाना अन्तर्गत बाबुपाड़ास्थित गौसाला नजिक एउटा मन्दिरका पुजारीको स्कुटी चोरी भएपछि तिनले थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले स्कुटी चोरी गर्ने युवकहरूलाई चिन्हित गरेर तीन जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका तीन जना युवकलाई सिलगढी अदालतमा पेश गरेपछि तीन दिनको पुलिस रिमान्डमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।









