सिलगढी। आज डे नाइट सर्ट क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्ट १२ नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको पहलमा गरिएको थियो। सिलगढीको १२ नम्बर वार्डको बसन्ती पुजा मैदानमा आयोजित उक्त टुर्नामेन्टको डेपुटी मेयर रञ्जन सरकार र बोरो चेयरम्यान आलम खानले विधिवत् रुपमा उद्घाटन गरे। यस अवसरमा टाउन २-का अध्यक्ष राजु दास, वार्ड पार्षद बासुदेव घोष, वार्ड तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष सौकत दे उपस्थित थिए। यस टुर्नामेन्टमा मोठ १६ वटा टोलीले अंशग्रहण गरेको छ।









