छिनताईको मामिलामा एकजना पक्राउ

photocollage_202264224230223.jpg

सिलगढी। छिनताईको मामिलामा उत्तम बर्मनलाई सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना अन्तर्गत इस्कन रोड इलाकाबाट पक्राउ गरेको छ। आज तिनलाई जलपाइगढी अदालतमा पेश गरियो। घटनाक्रम अनुसार केही दिनअघि इस्कन रोड इलाकामा नेहा सिंह नामक युवतीसित छिनताई भएपछि तिनले भक्तिनगर थानामा एउटा लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा भक्तिनगर थाना पुलिसले जाँच शुरु गरेपछि गोप्य सूचनाको आधारमा गत अबेर राति पुलिसले उत्तम बर्मनलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका उत्तम बर्मनविरुद्ध सिलगढी मेट्रोपोलिटन पुलिसको विभिन्न थाना एवम् आउटपोस्टमा चोरी तथा छिनताईको मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement