सोनादा: आशारिका फाउन्डेसन रंगबुलले यसैक्रममा दार्जिलिङको सन्त पल्स जलपहाड निवासी क्यानसर रोगी बिजय सुब्बाको उपचारका लागि आशारिका फाउन्डेसन रंगबुलद्वारा नगद १० हजार रुपियाँ परिवारलाई सहयोग स्वरुप प्रदान गरेको छ। आशारिका फाउन्डेसन रंगबुलका सचिव रुपेश छेत्री लगायत अरबी तामाङ, सन्तोष लामा, श्याम प्रधान आदिले रोगीको परिवारलाई भेट गरेर उक्त सहयोग राशी प्रदान गरेको बताइएको छ।









