एमडी जहाँगीर ब्राउन सुगर सहित पक्राउ

सिलगढी: सिलगढी थाना पुलिसले हिजो फुलेश्वरी बजार संलग्न इलाकाबाट ब्राउन सुगर सहित एमडी जहाँगीरलाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा तिनलाई पेश गरयो। जानकारी अनुसार एमडी जहाँगीर हिजो साँझ फुलेश्वरी बजारदेखि केही टाढा सुनसान ठाउँमा ब्राउन सुगर लिएर तस्करी गर्ने उद्देश्यले गएका थिए। गोप्य सूचनाको आधारमा सिलगढी थाना पुलिसले अभियान चलाएर एमडी जहाँगीरलाई पक्राउ गरेर छानबीन गर्दा २६० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग ४ लाख रुपियाँ रहेको छ। पक्रा परेका एमडी जहाँगीर ४ नम्बर वार्ड निवासी हुन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement