पठान प्रदर्शनको क्रममा सिनेमा हलको छत खस्दा पाँच घाइते

मुर्शिदाबाद: पश्‍चिम बङ्गालमा पठानको स्क्रिनिङका क्रममा सिनेमा हलको छत खस्दा पाँचजना घाइते भएको समाचार  छ। बिहीबार पश्चिम बङ्गालको मुर्शिदाबादमा फिल्म ‘पठान’ को स्क्रिनिङका क्रममा एक सिनेमा हलको छाना खसेको थियो। थिएटर भित्र रहेका मानिसको टाउकोमा कंक्रीटको ब्लक खस्दा एक बालकसहित पाँच जना घाइते भएका छन्। यो घटना भएको बेला सिनेमा हल हाउसफुल भएको बताइएको छ। घाइतेहरूलाई स्थानीयले बाहिर निकालेर गम्भीर घाइतेहरूलाई अस्पताल भर्ना गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement