सिलगढी। डे- केयर क्यान्सर थेरेपी युनिट सिलगढी जिल्ला अस्पतालमा शुरु गर्ने योजना बनाइएको छ। मेयर गौतम देव र जिल्ला मुख्य स्वास्थ्य अधिकारी तुलसी प्रमाणिकले आज सिलगढी जिल्ला अस्पतालमा रोगी कल्याण समितिको साथमा एउटा महत्त्वपूर्ण बैठक गरे। उक्त बैठकमा डे-केयर क्यान्सर थेरेपी युनिट र अस्पतालको देखभाल शुरु गर्ने लगायत विभिन्न मुद्धाहरूबारे चर्चा गरे। अर्कोतिर, जिल्ला अस्पतालका अधीक्षक प्रदीप भट्टाचार्यले भने, अस्पतालमा बेडको संख्या बढेको छ। डे-केयर क्यान्सर थेरेपी युनिट शुरु गर्ने योजना रहेको छ भने अस्पतालको अर्थोपेडिक विभागमा सर्जरी शुरु गरिएको छ। अस्पतालमा रोगीको साथमा आएका परिवारका सदस्यहरूले भने, यदि डे-केयर क्यान्सर थेरेपी युनिट शुरु गरेर आफूहरूलाई निक्कै सुविधा हुनेछ। क्यान्सरको उपचारको लागि रोगीलाई लिएर बाहिर जान पर्दैन।