अवैध कफ सिरप सहित तीनजना पक्राउ

कुचबिहार: पुलिसले धेरै मात्रामा अवैध कफ सिरप उद्धार गरेको छ।यस घटनामा संलग्न ३ जना व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरूमा उत्तराखण्ड निवासी सुरेश सिंह, सुरेश र उत्तरप्रदेश निवासी मोहम्मद अमान सामेल छन्। गोप्य सूचनाको आधारमा माथाभाङ्गा कुचबिहार राष्ट्रिय राजमार्गको निशिगञ्ज संलग्न इलाकामा पुलिसले अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा टेलकम पाउडरको कार्टुनबाट १५ हजारभन्दा अधिक फेनसिडिल कफ सिरप उद्धार गरेको छ।

About Author

Advertisement