बडा सिटोङ अनि गुम्बा गाउँका मानिसहरू नो रोड नो भोट-को मागमा अडिग

22-36-20-SA.jpg

मङपु। नो रोड नो भोट-को मागमा अडिग रहेर आउँदो जीटीए चुनाउमा कसैले भोट नहाल्ने भएका छन्। उक्त निर्णय मङपु क्षेत्रको लोएर बडा सिटोङ अनि गुम्बा गाउँका भुक्तभोगी मानिसहरूले लिएका छन्। सपन गुरुङको सभापतित्वमा सबेको आजको गाउँले सभामा जबसम्म गाउँमा अलकत्रे सडक बनिँदैन तबसम्म कुनै पनि सरकारी चुनाउमा आफ्नो मत नखसाल्ने कुरोमा गाउँलेहरूले जोड दिए। उक्त सभामा आज किशोर माझी, अमित खवास, सन्तकुमार माझी, शरण शिलाल, अम्बर थापा, मणिकुमार मुखिया, सुबास थापा, बिरेन मुखिया, अम्बर आले, मुस्कान भुजेल आदिले सम्बोधन गर्दै जबसम्म गाउँमा अलकत्रे सडकको निर्माण गर्दैन तबसम्म गाउँलेहरूले मतदान नगर्ने बताए। तिनीहरूको भनाईअनुसार विगत धेरै वर्षदेखि नेताहरूले झुटो आश्वासन दिएर भोट फकाउने गरेको तर काम भने केही पनि नगरेकोले वाक्कै-दिक्कै भएर गाउँहरूले उक्त निर्णय लिन परेको बताए। आजको सभामा सम्पूर्ण गाउँलेहरूले कुनै पनि नेताहरूको फकाई फुस्ल्याइमा नलाग्ने कटिबद्धता जाहेर गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement