२७ जनवरीः घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको तत्त्वावधानमा आयोजित महिला फूटबल टुर्नामेण्टमा जेआर ३२ र खरसाङ रोहिनी सिस्टर्सले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। खरसाङ नजिक घैयाबारीमा आज खेलिएको पहिलो म्याचमा खरसाङ रोहिनी सिस्टर्सले मकैबारीलाई ८-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनिया र कुसुम छेत्रीले ४-४ गोल गरिन्। यसरी नै दोस्रो म्याचमा खरसाङको जेआर ३२-ले घैयाबारी यूके गर्ल्सलाई १३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एस मुखिया एक्लैले ९ गोल गरिन्। यसबाहेक आरोही थापा र प्रतीका राईले २-२ गोल गरिन्। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १२ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








