रंगबुलमा ओपन नक्आउट फूटबलः १०७ टीए फाइनलमा

२७ जनवरीः रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको १०७ टीए-ले फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल म्याचमा १०७ टीए-ले जलपाइगढ़ीको बलराम सुपर किंग्स (बीएसके)-लाई ३-०-ले पराजित गऱ्यो।विजेता टीमबाट प्रकाश रोयले २ र सुजीत सिंहले १ गोल गरे। १०७ टीए-का गोलकीपर दिवस राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २९ जनवरीमा खेलिने फाइनलमा १०७ टीए र अजम्बरी संघ, रंगबुलबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement