रंगबुलमा ओपन नक्आउट फूटबलः १०७ टीए फाइनलमा

२७ जनवरीः रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको १०७ टीए-ले फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल म्याचमा १०७ टीए-ले जलपाइगढ़ीको बलराम सुपर किंग्स (बीएसके)-लाई ३-०-ले पराजित गऱ्यो।विजेता टीमबाट प्रकाश रोयले २ र सुजीत सिंहले १ गोल गरे। १०७ टीए-का गोलकीपर दिवस राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २९ जनवरीमा खेलिने फाइनलमा १०७ टीए र अजम्बरी संघ, रंगबुलबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement