व्हिल चेयर प्रदान

22-33-37-Capture.png

सिलगढी। एनजेपी आईएनटीटीयुसी-को तर्फबाट आज रवि दासलाई व्हिल चेयर प्रदान गरियो। साहुडाङ्गी संलग्न आदर्शपल्ली इलाका निवासी रवि दास धेरै दिन अघिदेखि शारीरिक रुपमा अस्वस्थ्य छन्। एक समय तिनी आफ्नो छोरीलाई साथमा लिएर सडकमा घुमफिर गरेर लटरी बिक्री गर्ने गर्दथे। हाल तिनी अस्वस्थ्य रहेकोले साथै व्हिल चेयर भत्केकोले गर्दा लटरी बिक्री गर्न बन्द गरेका छन्। यसबारे थाहा पाएपछि आईएनटीटीयुसी-को मनिटरिङ कमिटीका संयोजक सुजय सरकारको पहलमा रवि दासलाई व्हिल चेयर प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement