चिया मजदुरलाई केन्द्र सरकारले वञ्चित गरेको आरोपमा इन्टककाे धर्ना

सिलगढी: इंटक (INTTUC) को दार्जिलिङ जिल्ला समिति चिया मजदुरहरू विरुद्ध केन्द्र सरकारद्वारा वञ्चितको आरोपमा विरोधमा शामिल भएको छ। शुक्रबार सिलगढीको माटिगारा इलाकामा भएको धर्नामा इंटक नेताहरूले भाग लिएका थिए। केन्द्र सरकारले चिया बगानका मजदुरलाई सुविधा दिने कुरा गरिरहे पनि चिया बगानका मजदुर विभिन्न सुविधाबाट बञ्चित रहेको इंटकका जिल्ला अध्यक्ष बच्चु दत्तले बताए। विशेष गरी उनीहरूले सञ्चय कोषको लाभ भने पाएका छैनन्। यस बाहेक मजदुरहरूले आधार कार्डसँग सम्बन्धित धेरै समस्याहरूको सामना गरिरहेका छन्। यसका लागि हरेक चिया बगानमा शिविर सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ र श्रमिकलाई सबै सुविधा दिनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement