ओडिसा: आइतबार बिहान ११.४५ बजे नयाँ मन्त्रीमण्डलको शपथ ग्रहण

Odisa

भुवनेश्वर: नाटकीय राजनीतिक घटनाक्रममा शनिबार नवीन पटनायक मन्त्रीमण्डलबाट सबै २० मन्त्रील त्यागपत्र दिएका छन्। मुख्यमन्त्री कार्यालयबाट निर्देश पाएपछि समस्त मन्त्रीहरूले आ-आफ्नो त्यागपत्र पठाएका छन्। अब आइतबार बिहान ११.४५ बजे नयाँ मन्त्रीमण्डलको शपथ ग्रहण कार्यक्रम आयोजित हुनेछ, जसमा राज्यपाल प्रोफेसर गणेशीलालले नयाँ मन्त्रीहरूलाई शपथ दिलाउनेछन्। शनिबार बिहानसम्म कुनैपनि मन्त्रीलाई मुख्यमन्त्रीको यस निर्णयको जानकारी थिएन। एकपछि अर्को मन्त्रीलाई मुख्यमन्त्री कार्यालयबाट फोन गरी त्यागपत्र दिनलाई भनियो। यद्यपि, मुख्यमन्त्रीले केही मन्त्रीहरूलाई पदबाट हटाउने निर्णय गरेको सूचना पाइएको थियो।

स्रोतहरू अनुसार जुन मन्त्री भोली मन्त्रीमण्डलमा सामेल हनेछन्, उनीहरूलाई पनि फोन गरिएको छ तथा उनीहरूलाई तत्काल भुवनेश्वर पुग्नलाई भनिएको छ। आफ्नो राजनीतिक जीवनमा २५ वर्ष पूरा गर्ने नवीन पटनायकले अहिलेसम्मको २२ वर्षको मुख्यमन्त्रीत्वकालमा पहिलो पल्ट यस्तो निर्णय लिएका छन्। यसअघि पनि उनले मन्त्रीमण्डलमा फेरबदल गरेका छन्, तब केही मन्त्रीहरूलाई हटाएर उनीहरूको स्थानमा नयाँ अनुहारहरूलाई मन्त्रीमण्डलमा सामेल गरेका थिए।गत २९ मईमा मुख्यमन्त्रीको पाँचौं कार्यकालको तीन वर्ष पूरा भएको छ। राज्यसभा चुनाउ र ब्रजराजगर उपचुनाव पनि सम्पन्न भएको छ। यस्तोमा मुख्यमन्त्रीले आउँदो २०२४ आम चुनावलाई ध्यानमा राखेर आफ्नो मन्त्रीमण्डलको गठन गर्न चाहन्छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement