मूसेवालाका माता-पिताद्वारा गृहमन्त्री अमित शाहसित भेट

Siddu-Musewala


चण्डीगढ:
पञ्जाबको लोक गायक सिद्धू मूसेवालाका माता-पिताले चण्डीगढ़मा गृहमन्त्री अमित शाहको साथ भेट गरी हत्याकाण्डको जाँच केन्द्रिय एजेन्सीद्वारा गराउने माग गरेका छन्। सिद्धू मूसेवालाको गत २९ मईमा हत्या गरिएको थियो। यसपछि पञ्जाब सरकारले हाई कोर्टका जजबाट यस हत्याकाण्डको जाँच गराउने घोषणा पनि गऱ्यो। पञ्जाब सरकारको यस प्रस्तावलाई हाई कोर्टले खारेज गरेको छ। पञ्जाब सरकारद्वारा गठन गरिएको पञ्जाब पुलिसको एसआईटीले यस मामिलाको जाँच गरिरहेछ तर अहिलेसम्म कुनै सफलता हात लागेको छैन।

यसबीच सिद्धू मूसेवालाका पिता बलकौर सिंह तथा माता सरपंच चरण कौरले शनिबार चण्डीगढ़ पुगेका गृहमन्त्री अमित शाहको साथ भेट गरे। चण्डीगढ़ एयरपोर्टमा भएको यस भेटमा केन्द्रिय मन्त्री गजेन्द्र शेखावत तथा पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहित पनि उपस्थित थिए। यस भेटमा सिद्धूका परिजनहरूले यस हत्याकाण्डको जाँच केन्द्रीय एजेन्सीबाट गराउने माग उठाए। मूसेवालाका पिताले गृहमन्त्रीलाई हत्याकाण्डको जानकारी दिँदै भने, ‘भविष्यमा कुनै पिता र छोरा गुमाउन नपरोस् यसैले हत्याराहरूलाई कठोर सजाय दिइनु जरूरी छ’। गृहमन्त्रीले मूसेवालाका माता-पितालाई यस मामिलामा शीघ्र उचित कारबाही गरिने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement