एसपीएलः भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्रीको बधाई अनि शुभकामना

२७ जनवरीः फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-को प्रयासमा आयोजन हुन गइरहेको सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल)-को पहिलो संस्करणको निम्ति भारतीय फूटबल टीमका कप्तान तथा चमत्कारी स्ट्राईकर सुनिल छेत्रीले बधाई एवम् शुभकामना दिएका छन्। उनले आफ्नो भीडियो सन्देशमा आयोजकहरूलाई शुभकामना दिनको साथै खेलाड़ीहरूलाई यस मञ्चको फाइदा उठाउने परामर्श दिएका छन्। यसको साथमा उनले फूटबलप्रेमीहरूलाई मैदानमा गएर खेलको मजा लिनको साथै खेलाड़ीहरूलाई उत्साह प्रदान गर्ने आह्वान गरेका छन्। आउँदो ३० जनवरीदेखि शुरु हुने एसपीएल-को उद्घाटन म्याचमा आक्रमण एफसी र सिक्किम ड्रेगन्स एफसी-बीच गान्तोकको पाल्जोर स्टेडियममा भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement