धौलानाको केमिकल कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु, १२ घाइते

Blast

हापुर: हापुरको धौलानामा रहेको केमिकल कारखानामा भीषण विष्फोट हुँदा ६ मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने १२ भन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको छ। घटनास्थलमा जिल्ला स्तरका अधिकारीहरु पुग्ने प्रक्रिया शुरु भएको छ। रुही केमिकल नामको कारखानामा दिउँसो तीन बजे दुर्घटना भएको पुलिसले जनाएको छ। अहिले अधिकारीहरु घाइते र शवलाई कारखानाबाट बाहिर निकाल्न व्यस्त छन्। प्रारम्भिक अनुसन्धानमा केमिकल मिसाएर विष्फोट भएको खुलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement