२७ जनवरीः नाम्सा रिम्पोछे फूटबल कमिटीको तत्त्वावधानमा गोरुबथानको मालबस्तीमा आयोजित नाम्सा रिम्पोछे महिला विण्टर फूटबल टुर्नामेण्टमा सिक्किमको सोरेंग गर्ल्स फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। बिहीवार खेलिएको म्याचमा सोरेंग गर्ल्स फूटबल एकाडमीले बादे गर्ल्स फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्रियंका गुरुङले छिराइन्। टुर्नामेण्टको फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








