सिलगढी: ट्रयाक्टरको ठक्करबाट एक चिया मजदुर गम्भीर घाइते भएका छन्। घटना नक्सलबारीस्थित अटल चिया बगान नजिकैको हो। घाइते चिया मजदुरको नाम कोले लाक्रा रहेको छ। शुक्रबार नक्सलबारी जाँदै गर्दा एक चिया मजदुरलाई पछाडिबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो। घटनामा उनलाई धेरै पीडा भएको छ। स्थानीयले देखेपछि घाइतेलाई बाहिर निकालेका थिए। सो विषयमा घटनास्थलमा निकै तनाव भएको थियो। खबर पाएर नक्सलबारी प्रहरी र ट्राफिक घटनास्थल पुगेका थिए। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। घटनाका कारण क्षेत्र तनावग्रस्त बनेको छ।









