बिहे गरेको ८ वर्षसम्म पनि शारीरिक सम्बन्ध राख्न नपाएको भन्दा पत्नीले मागिन् २४ करोड!

Priyadarshani-Mohanti

ओडिशा फिल्म इन्डस्ट्रीका स्टार जोडी बिचको विवाद यतिबेला चर्चामा छ। विवाहपछि पनि यी दुईको सम्बन्ध नसुल्झिएको पहेली नै बनेको छ। यो जोडीले एकअर्कामाथि चर्को आरोप लगाएका छन्। मुद्दा अदालतसम्म पुगेपछि हिलेसम्बन्धविच्छेदमा आएर अड्किएको छ। केही दिनअघि यी स्टार जोडीबीचको झगडा यति बढेको थियो कि अदालतले पनि हस्तक्षेप गर्दै सामाजिक सञ्जालबाट एकअर्कालाई आरोप–प्रत्यारोप नगर्न आग्रह गरेको थियो। वास्तवमा, अभिनेताबाट सांसद बनेका अनुभव मोहन्तीले विवाहको ८ वर्ष भए पनि आफ्नी पत्नीसँग शारीरिक सम्बन्ध नभएको बताएका थिए। उनले सम्बन्धविच्छेद मागेका छन्। तर उनकी पत्नीले घरेलु हिंसा र शारीरिक यातनाको आरोप लगाउँदै १५ करोड क्षतिपूर्ति मागेकी छिन्।

चर्चित उडिया अभिनेत्री वर्षा प्रियदर्शिनीका सांसद पति अनुभव मोहन्ती चलचित्र बाहेक राजनीतिमा उचाइमा छन् तर विवादित पनि छन्। वर्षा र अनुभवबीचको सम्बन्धविच्छेदको मुद्दा अहिले चर्चामा छ। ४० वर्षीय अनुभव मोहन्ती केन्द्रपारा सिटबाट ओडिशाको सत्तारुढ दल बीजेडीका सांसद हुन्। उनले सन् २०१४ मा ३७ वर्षीया वर्षा प्रियदर्शिनीसँग विवाह गरेका थिए। विवाहको केहि वर्ष सबै ठीक थियो तर चाँडै उनीहरूको सम्बन्ध बिग्रियो। यो तिक्तताले पारिवारिक कलहको रुप लियो र दुवै पक्षबाट आरोप प्रत्यारोपको सिलसिला शुरु भयो। यसैबीच उनीहरुको सम्बन्धमा एउटा टर्निङ प्वाइन्ट आयो जब सन् २०२० मा मोहन्तीले दिल्लीको एक अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका थिए। मोहन्ती आफ्नी पत्नी वर्षासँग अलग हुन चाहन्थे। सुनुवाई पछि मार्च २०२१ मा अदालतले यो मुद्दा कटक, ओडिशामा स्थानान्तरण गर्यो। यसै क्रममा मोहन्तीले सामाजिक सञ्जालमार्फत आफ्नी पत्नी वर्षामाथि एकपछि अर्को धेरै आरोप लगाए। उनले विगत ८ वर्षदेखि आफू र वर्षाबीच कुनै सम्बन्ध नभएको समेत बताए। मोहन्तीका अनुसार उनकी पत्नी वर्षाले आफूसँग यौनसम्पर्क राख्न र स्वाभाविक वैवाहिक जीवन बिताउन दिँदैनन्।

मोहन्तीले भने, ‘वर्षासँग शारीरिक सम्बन्ध बनाउन धेरै प्रयास गरे पनि म सधैं निराश भएँ ।’ उनले घरमा पारिवारिक कलहको कारण वर्षा भएको र उनीकै कारण आफ्नो व्यक्तिगत तथा राजनीतिक जीवन प्रभावित भएको समेत बताए । मोहन्तीको भिडियो सार्वजनिक भएपछि वर्षा प्रियदर्शिनीले पनि मुख खोलिन् । बर्षाले सन् २०२० मा मोहन्तीविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । मोहन्ती लागुऔषध दुव्र्यसनी भएको र धेरै महिलासँग सम्बन्ध रहेको वर्षाले बताइन् । अभिनेत्री वर्षाले सांसद मोहन्तीले आफूलाई मानसिक र शारीरिक दुर्व्यवहार गरेको आरोप पनि लगाएकी छन्। साथै १५ करोड क्षतिपूर्ति माग गरेकी छिन्। यति मात्र होइन, वर्षाले घरको भाडा र मर्मतसम्भारका लागि मासिक ७० हजार रुपियाँ पनि मागेकी छिन्। एकातिर अदालतमा दुवैको मुद्दा चलिरहेको थियो भने अर्कोतिर आरोप–प्रत्यारोपको चक्र पनि चलिरहेको थियो। यस्तो अवस्थामा ओडिशा उच्च अदालतले हस्तक्षेप गर्‍यो र मई २०२२ मा अनुभव मोहन्तीलाई सम्बन्धविच्छेदको प्रक्रियामा आफ्नी पत्नी वर्षा प्रियदर्शिनीविरुद्ध कुनै पनि भिडियो पोस्ट गर्न वा कुनै मिडियामा टिप्पणी नगर्न आदेश दियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement